×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजमाको मूल्य बढ्यो, बुधबार अन्य तरकारी तथा फलफूलको भाउमा सामान्य घटबढ

अर्थ सरोकार

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार

PRIME CA

राजमाको मूल्य बढ्यो, बुधबार अन्य तरकारी तथा फलफूलको भाउमा सामान्य घटबढ

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज राजमाको मूल्य बढेको छ। राजमा ४० रुपैयाँले बढेर प्रतिकेजी न्युनतम १६० रुपैयाँमा किनबेच भईरहेको छ ।

गोलभेडा ठूलो (नेपाली) ६० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा ३५ रुपैयाँ, गोलभेडा सानो (टनेल) ५५, भारतीय सानो गोलभेडा ५० रुपैयाँ र सानो गोलभेडा तराई ४० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ४० रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ७५ रुपैयाँ, लोकल गाजर ३५ रुपैयाँ, तराई गाजर २५ रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, बन्दा नरिवल २५ रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ४० रुपैयाँ, रातो मुला ५० रुपैयाँ, सेतो मुला (हाइब्रीड) २५ रुपैयाँ, भन्टा लाम्चो २० रुपैयाँ, भन्टा डल्लो ३०, तने बोडी ५०, मटरकोशा ८० रुपैयाँ, लोकल घ्यु सिमि ९०, हाइब्रिड घ्यु सिमि ९०, घ्यु सिमि राजमा १६०, टाटे सिमि ७० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला १००, लौका ६०, परवर (तराई) १०० रुपैयाँ, घिरौला ८०, फर्सी पाकेको ३५, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ३०, सखरखण्ड ७०, सलगम ७०, भिण्डी १००, बरेला ५०, पिंडालू १००, स्कुस ४० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग १०० रुपैयाँ, पालुंगो १४० रुपैयाँ, चम्सुरको साग १४० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ मेथीको साग १४० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ५०, बकुला ५०, तरुल १००, कन्य च्याउ १७०, डल्ले च्याउ ३००, कुरिलो ४००, न्युरो ७०, ब्रोकाउली ४०, चुकन्दर ६०, सजीवन १००, कोइरालो १५०, रातो बन्दा ५०, जिरीको साग ५०, ग्याठ कोबी ६०, सेलेरी ७०, पार्सले १५०, सौफको साग १४०, पुदिना १५०, गान्टे मुला ७०, इमली १४०, तामा ९०, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २३०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ७०, खुर्सानी हरियो (बुलेट) ८०, खुर्सानी हरियो (माछे) ११०, भेडे खुर्सानी १२०, हरियो लसुन १४०, हरियो धनिया ४०, चाइनिज सुकेको लसुन २६०, नेपाली सुकेको लसुन १४०, छ्यापी हरियो १०० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, स्याउ (झोले) १८० रुपैयाँ, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २४०, अनार २५०, हरियो अंगुर १६०, कालो अंगुर २५०, सुन्तला (भारतीय) १३०, तरबुजा (हरियो) ५०, मौसम १४०, जुनार २५०, भुई कटहर प्रति गोटा १६०, रुख कटहर ८०, लोकल काक्रो ९०, हाइब्रिड काक्रो ४०, नेपाली मेवा ८०, भारतीय मेवा १००, आभोकाडो ६००, किवि ४५० र अमला १०० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: