×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सजिवनको मूल्य बढ्यो, आइतबार यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सजिवनको मूल्य बढ्यो, आइतबार यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य

२ बैशाख २०८१, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज सजीवनको मूल्य बढेको छ । सजिवनको मूल्य ५० रुपैयाँले बढेर न्युनतम प्रतिकेजी १५० रुपैयाँमा किनबेच भईरहेको छ ।

गोलभेडा ठूलो (नेपाली) ७० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा ३० रुपैयाँ, गोलभेडा सानो (टनेल) ६०, भारतीय सानो गोलभेडा ६० रुपैयाँ र सानो गोलभेडा (तराई) ६० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ४० रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ६५ रुपैयाँ, लोकल गाजर ३५ रुपैयाँ, तराई गाजर ३० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ६० रुपैयाँ, सेतो मुला (हाइब्रीड) २० रुपैयाँ, भन्टा लाम्चो २० रुपैयाँ, भन्टा डल्लो ३०, तने बोडी ८०, मटरकोशा ९० रुपैयाँ, लोकल घ्यु सिमि ९०, हाइब्रिड घ्यु सिमि ९०, घ्यु सिमि राजमा ९०, टाटे सिमि ८० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला १००, लौका ५०, परवर (तराई) ९० रुपैयाँ, घिरौला ८०, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ४०, सलगम ७०, भिण्डी ९०, सखरखण्ड ७०, बरेला ६०, पिंडालू ९०, स्कुस ५० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ९० रुपैयाँ, पालुंगो १४० रुपैयाँ, चम्सुरको साग १४० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ मेथीको साग १४० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ४०, तरुल १००, कन्य च्याउ १००, डल्ले च्याउ ३००, कुरिलो ४००, न्युरो ७०, ब्रोकाउली ६०, चुकन्दर ६०, सजीवन १५०, कोइरालो २००, रातो बन्दा ६०, जिरीको साग ५०, ग्याठ कोबी ६०, सेलेरी ७०, पार्सले १५०, सौफको साग १४०, पुदिना १००, गान्टे मुला ७०, इमली १४०, तामा ९०, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २५०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ८०, खुर्सानी हरियो (बुलेट) ८०, खुर्सानी हरियो (माछे) १००, भेडे खुर्सानी ११०, हरियो लसुन १४०, हरियो धनिया ९०, चाइनिज सुकेको लसुन २६०, नेपाली सुकेको लसुन १४०, छ्यापी हरियो ९० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, स्याउ (झोले) २०० रुपैयाँ, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २४०, अनार २५०, हरियो अंगुर १५०, कालो अंगुर २५०, सुन्तला (भारतीय) १६०, तरबुजा (हरियो) ४५, मौसम १४०, जुनार २५०, भुई कटहर प्रति गोटा १५०, रुख कटहर ७०, चाइनिज नासपाती २००, लोकल काक्रो ९०, हाइब्रिड काक्रो ५०, नेपाली मेवा ८०, भारतीय मेवा ९०, आभोकाडो ५५०, किवि ४०० र अमला १०० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: