×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रायो सागको मूल्य बढ्यो, सोमबार यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

रायो सागको मूल्य बढ्यो, सोमबार यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य

Artha Sarokar

३ बैशाख २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज रायो सागको मूल्य बढेको छ । रायो २० रुपैयाँले बढेर न्यूनतम प्रतिकेजी ११० रुपैयाँमा किनबेच भईरहेको छ ।

गोलभेडा ठूलो (नेपाली) ६० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा २५ रुपैयाँ, गोलभेडा सानो (टनेल) ५०, भारतीय सानो गोलभेडा ५० रुपैयाँ र सानो गोलभेडा (तराई) ४० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ४२ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ६५ रुपैयाँ, लोकल गाजर ४० रुपैयाँ, तराई गाजर २५ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ५० रुपैयाँ, सेतो मुला (हाइब्रीड) ३० रुपैयाँ, भन्टा लाम्चो १५ रुपैयाँ, भन्टा डल्लो ३०, तने बोडी १००, मटरकोशा ९० रुपैयाँ, लोकल घ्यु सिमि १००, हाइब्रिड घ्यु सिमि १००, घ्यु सिमि राजमा १२०, टाटे सिमि ९० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला १००, लौका ४०, परवर (तराई) ९० रुपैयाँ, चिचिण्डो ९० रुपैयाँ, घिरौला ८०, फर्सी पाकेको ३५, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ४०, सलगम ७०, भिण्डी ९०, सखरखण्ड ७०, बरेला ६०, स्कुस ४५ रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ११० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ४०, बकुला ९०, तरुल ९०, कन्य च्याउ ८०, डल्ले च्याउ ३००, कुरिलो ४००, न्युरो ७०, ब्रोकाउली ६०, चुकन्दर ६०, सजीवन १००, कोइरालो १५०, रातो बन्दा ६०, जिरीको साग ८०, ग्याठ कोबी ६०, सेलेरी ८०, पुदिना १००, गान्टे मुला ७०, इमली १४०, तामा ९०, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २६०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ११०, खुर्सानी हरियो (बुलेट) ११०, खुर्सानी हरियो (माछे) ११०, अकबरे खुर्सानी १८०, भेडे खुर्सानी १३०, हरियो लसुन १८०, हरियो धनिया ७०, चाइनिज सुकेको लसुन २६०, नेपाली सुकेको लसुन १५०, छ्यापी हरियो १०० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, स्याउ (झोले) २०० रुपैयाँ, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २४०, अनार २५०, हरियो अंगुर १५०, कालो अंगुर २२०, सुन्तला (भारतीय) १६०, तरबुजा (हरियो) ४५, मौसम १४०, जुनार २५०, भुई कटहर प्रति गोटा १५०, रुख कटहर ७०, लोकल काक्रो १००, हाइब्रिड काक्रो ४०, नेपाली मेवा ८०, भारतीय मेवा ९०, आभोकाडो ५५०, किवि ४५० र अमला १०० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी