Skip to content
LAXMI SUNRISE BANK

१०० रुपैयाँले घट्यो कुरिलोको मूल्य, यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य

अर्थ सरोकार

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज कुरिलोको मूल्य बढेको छ । कुरिलोको मूल्य १०० रुपैयाँले घटेर प्रतिकेजी न्युनतम ३०० रुपैयाँमा किनबेच भईरहेको छ ।

गोलभेडा ठूलो (नेपाली) ६० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा २५ रुपैयाँ, गोलभेडा सानो (टनेल) ४५, भारतीय सानो गोलभेडा ४० रुपैयाँ र सानो गोलभेडा (तराई) ४० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ४५ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ६४ रुपैयाँ, लोकल गाजर ३५ रुपैयाँ, तराई गाजर ३० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ५० रुपैयाँ, सेतो मुला (हाइब्रीड) ४० रुपैयाँ, भन्टा लाम्चो २० रुपैयाँ, भन्टा डल्लो ३०, तने बोडी ९०, मटरकोशा ९० रुपैयाँ, लोकल घ्यु सिमि ९०, हाइब्रिड घ्यु सिमि ९०, घ्यु सिमि राजमा १२०, टाटे सिमि ९० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ९०, लौका ४०, परवर (तराई) १०० रुपैयाँ, चिचिण्डो ९० रुपैयाँ, घिरौला ७०, फर्सी पाकेको ३५, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ४०, सलगम ७०, भिण्डी ९०, सखरखण्ड ७०, बरेला ५०, स्कुस ४० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ९० रुपैयाँ, चम्सुरको साग १४० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ४०, बकुला ८०, तरुल ९०, कन्य च्याउ १००, डल्ले च्याउ २८०, कुरिलो ३००, न्युरो ७०, ब्रोकाउली ५०, चुकन्दर ६०, सजीवन १००, कोइरालो २००, रातो बन्दा ५०, जिरीको साग ७०, ग्याठ कोबी ६०, सेलेरी ९०, पार्सले १५०, सौफको साग १४०, पुदिना १००, गान्टे मुला ७०, इमली १४०, तामा ९०, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २६०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ११०, खुर्सानी हरियो ९बुलेट० ११०, खुर्सानी हरियो ९माछे० ११०, अकबरे खुर्सानी १८०, भेडे खुर्सानी १३०, हरियो लसुन १८०, हरियो धनिया ७०, चाइनिज सुकेको लसुन २६०, नेपाली सुकेको लसुन १५०, छ्यापी हरियो १०० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, स्याउ (झोले) २०० रुपैयाँ, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २४०, अनार २५०, हरियो अंगुर १५०, कालो अंगुर २२०, सुन्तला (भारतीय) १६०, तरबुजा (हरियो) ४५, मौसम १४०, जुनार २५०, भुई कटहर प्रति गोटा १५०, रुख कटहर ७०, लोकल काक्रो १००, हाइब्रिड काक्रो ४०, नेपाली मेवा ८०, भारतीय मेवा ९०, आभोकाडो ५५०, किवि ४५० र अमला १०० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK