काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज अकबरे खुर्सानीको मूल्य बढेको छ । अकबरे खुर्सानीको मूल्य ७० रुपैयाँले बढेर न्युनतम प्रतिकेजी २५० रुपैयाँमा किनबेच भईरहेको छ ।
गोलभेडा ठूलो (नेपाली) ६० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा २५ रुपैयाँ, गोलभेडा सानो (टनेल) ३५, भारतीय सानो गोलभेडा ३५ रुपैयाँ र सानो गोलभेडा (तराई) ३५ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ४५ रुपैयाँ र भारतीय रातो आलु ४५ रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याज ६५ रुपैयाँ, लोकल गाजर ३५ रुपैयाँ, तराई गाजर ३० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ७० रुपैयाँ, सेतो मुला (हाइब्रीड) ३५ रुपैयाँ, भन्टा लाम्चो २० रुपैयाँ, भन्टा डल्लो ३५, तने बोडी ११०, मटरकोशा ८० रुपैयाँ, लोकल घ्यु सिमि १००, हाइब्रिड घ्यु सिमि १००, घ्यु सिमि राजमा १५०, टाटे सिमि ९० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तितो करेला ९०, लौका ३०, परवर (तराई) ११० रुपैयाँ, चिचिण्डो ९० रुपैयाँ, घिरौला ७०, फर्सी पाकेको ३५, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ३०, सलगम ७०, भिण्डी ९०, सखरखण्ड ७०, बरेला ५०, स्कुस ६० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ९० रुपैयाँ, पालुंगो साग १२० रुपैयाँ, चम्सुरको साग १२० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ र मेथीको साग १२० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज ४०, बकुला ९०, तरुल १००, कन्य च्याउ ११०, डल्ले च्याउ ३००, कुरिलो ३००, न्युरो ७०, ब्रोकाउली ७०, चुकन्दर ५०, सजीवन १००, कोइरालो २५०, रातो बन्दा ५०, जिरीको साग ८०, ग्याठ कोबी ६०, सेलेरी ९०, पार्सले १५०, सौफको साग १२०, पुदिना १२०, गान्टे मुला ७०, इमली १४०, तामा ९०, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २७०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (माछे) १००, अकबरे खुर्सानी २५०, भेडे खुर्सानी १२०, हरियो लसुन १५०, हरियो धनिया ५०, चाइनिज सुकेको लसुन २७०, नेपाली सुकेको लसुन १५०, छ्यापी हरियो १०० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, स्याउ (झोले) २२० रुपैयाँ, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २४०, अनार २५०, हरियो अंगुर १६०, कालो अंगुर २४०, सुन्तला (भारतीय) १८०, तरबुजा (हरियो) ४५, मौसम १४०, जुनार २५०, भुई कटहर प्रति गोटा १५०, रुख कटहर ७०, लोकल काक्रो ७०, हाइब्रिड काक्रो ३०, नेपाली मेवा ९०, भारतीय मेवा ९०, आम्बा २००, किनु १००, स्ट्रबेरी ३५०, आभोकाडो ५५०, किवि ४५० र अमला १०० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्