×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोइरालोको मूल्य घट्यो, बिहीबार यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कोइरालोको मूल्य घट्यो, बिहीबार यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य

६ बैशाख २०८१, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज कोइरालोको मूल्य घटेको छ । कोइरालोको मूल्य ५० रुपैयाँले घटेर न्युनतम प्रतिकेजी २०० रुपैयाँमा किनबेच भईरहेको छ ।

गोलभेडा ठूलो (नेपाली) ६० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा २५ रुपैयाँ, गोलभेडा सानो (टनेल) ३०, भारतीय सानो गोलभेडा ३० रुपैयाँ र सानो गोलभेडा (तराई) ३० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ४८ रुपैयाँ र भारतीय रातो आलु ४८ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ६५ रुपैयाँ, लोकल गाजर ३५ रुपैयाँ, तराई गाजर ३० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ९० रुपैयाँ, सेतो मुला (हाइब्रीड) ४० रुपैयाँ, भन्टा लाम्चो २० रुपैयाँ, भन्टा डल्लो ३०, तने बोडी ११०, मटरकोशा ८० रुपैयाँ, लोकल घ्यु सिमि १००, हाइब्रिड घ्यु सिमि ११०, घ्यु सिमि राजमा १२०, टाटे सिमि ९० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ९०, लौका ३०, परवर (तराई) ११० रुपैयाँ, चिचिण्डो ८० रुपैयाँ, घिरौला ६०, फर्सी पाकेको ३५, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ३०, भिण्डी ८०, सखरखण्ड ७०, बरेला ६०, स्कुस ६० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग १०० रुपैयाँ, पालुंगो साग १२० रुपैयाँ, चम्सुरको साग १२० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ र मेथीको साग १२० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ४०, बकुला ८०, तरुल १००, कन्य च्याउ १३०, डल्ले च्याउ ३००, कुरिलो ३००, न्युरो ८०, ब्रोकाउली ८०, चुकन्दर ६०, सजीवन ८०, कोइरालो २००, रातो बन्दा ६०, जिरीको साग ७०, ग्याठ कोबी ६०, सेलेरी ८०, पार्सले १५०, सौफको साग १२०, पुदिना १२०, गान्टे मुला ७०, इमली १४०, तामा ९०, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २६०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ७०, खुर्सानी हरियो (बुलेट) ८०, खुर्सानी हरियो (माछे) ९०, अकबरे खुर्सानी २५०, भेडे खुर्सानी १३०, हरियो लसुन १८०, हरियो धनिया ५०, चाइनिज सुकेको लसुन २७०, नेपाली सुकेको लसुन १५०, छ्यापी हरियो १०० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, स्याउ (झोले) २२० रुपैयाँ, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २४०, अनार २५०, हरियो अंगुर १८०, सुन्तला (भारतीय) १८०, तरबुजा (हरियो) ४५, मौसम १४०, जुनार २५०, भुई कटहर प्रति गोटा १५०, रुख कटहर ७०, लोकल काक्रो ९०, हाइब्रिड काक्रो ३५, नेपाली मेवा ९०, भारतीय मेवा ९०, आम्बा २००, किनु १२०, स्ट्रबेरी ३५०, आभोकाडो ५५०, किवि ४५० र अमला १०० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: