×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काक्रोको मूल्य घट्यो, शुक्रबार यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

काक्रोको मूल्य घट्यो, शुक्रबार यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य

Artha Sarokar

७ बैशाख २०८१, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज काक्रोको मूल्य घटेको छ । लोकल काक्रो २० रुपैयाँले घटेर न्युनतम प्रतिकेजी ७० रुपैयाँमा किनबेच भईरहेको छ ।

भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, भारतीय सानो गोलभेडा २५ रुपैयाँ र सानो गोलभेडा (तराई) ३० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ५० रुपैयाँ र भारतीय रातो आलु ४६ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ६५ रुपैयाँ, लोकल गाजर ६० रुपैयाँ, तराई गाजर ३० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ७० रुपैयाँ, सेतो मुला (हाइब्रीड) ४० रुपैयाँ, भन्टा लाम्चो २० रुपैयाँ, भन्टा डल्लो ३०, तने बोडी १२०, मटरकोशा ८० रुपैयाँ, लोकल घ्यु सिमि १००, हाइब्रिड घ्यु सिमि १००, घ्यु सिमि राजमा १२०, टाटे सिमि ११० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ८०, लौका ४०, परवर (तराई) ११० रुपैयाँ, चिचिण्डो ८० रुपैयाँ, घिरौला ६०, फर्सी पाकेको ३५, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ३०, भिण्डी ८०, सखरखण्ड ७०, बरेला ६०, स्कुस ६० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ९० रुपैयाँ, पालुंगो साग ११० रुपैयाँ, चम्सुरको साग ११० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ र मेथीको साग ११० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ४०, बकुला १००, तरुल १००, कन्य च्याउ १३०, डल्ले च्याउ ३००, कुरिलो ३००, न्युरो ८०, ब्रोकाउली ७०, चुकन्दर ६०, सजीवन १००, कोइरालो २५०, रातो बन्दा ५०, जिरीको साग ६०, ग्याठ कोबी ६०, सेलेरी ८०, पार्सले १५०, सौफको साग ११०, पुदिना १२०, गान्टे मुला ८०, इमली १४०, तामा ९०, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २६०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ७०, खुर्सानी हरियो (बुलेट) ८०, खुर्सानी हरियो (माछे) ९०, अकबरे खुर्सानी २५०, भेडे खुर्सानी १३०, हरियो लसुन १८०, हरियो धनिया ५०, चाइनिज सुकेको लसुन २७०, नेपाली सुकेको लसुन १५०, छ्यापी हरियो १०० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, स्याउ (झोले) २२० रुपैयाँ, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २४०, अनार २५०, हरियो अंगुर १८०, कालो अंगुर २८०, सुन्तला (भारतीय) १८०, तरबुजा (हरियो) ४५, मौसम १४०, जुनार २५०, भुई कटहर प्रति गोटा १५०, रुख कटहर ७०, लोकल काक्रो ७०, हाइब्रिड काक्रो ३०, नेपाली मेवा ९०, भारतीय मेवा ९०, स्ट्रबेरी ३००, आभोकाडो ५५०, किवि ४५० र अमला ११० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी