×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

च्याउको मूल्य बढ्यो, आइतबार अन्य तरकारी तथा फलफूलको भाउमा सामान्य घटबढ (मूल्यसूचीसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

च्याउको मूल्य बढ्यो, आइतबार अन्य तरकारी तथा फलफूलको भाउमा सामान्य घटबढ (मूल्यसूचीसहित)

Artha Sarokar

९ बैशाख २०८१, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज च्याउको मूल्य बढेको छ । कन्य च्याउ २० रुपैयाँले बढेर न्युनतम प्रतिकेजी १५० रुपैयाँ र डल्ले च्याउ ५० रुपैयाँले बढेर ३५० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाली ठुलो गोलभेडा ६० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा २५ रुपैयाँ, भारतीय सानो गोलभेडा ३० रुपैयाँ र सानो गोलभेडा (तराई) ४० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ४५ रुपैयाँ, भारतीय रातो आलु ४५ रुपैयाँ र सेतो आलु ३८ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ६५ रुपैयाँ, लोकल गाजर ६० रुपैयाँ, तराई गाजर २५ रुपैयाँ, बन्दा लोकल ३० रुपैयाँ, बन्दा नरिवल २५ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ६० रुपैयाँ, सेतो मुला (लोकल) २५ रुपैयाँ, सेतो मुला (हाइब्रिड) ४० रुपैयाँ, भन्टा लाम्चो २० रुपैयाँ, भन्टा डल्लो ३०, तने बोडी १३०, मटरकोशा ८० रुपैयाँ, लोकल घ्यु सिमि ९०, हाइब्रिड घ्यु सिमि ९०, घ्यु सिमि राजमा ११०, टाटे सिमि १०० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ७०, लौका ३०, लोकल ११० रुपैयाँ, परवर परवर (तराई) ९० रुपैयाँ, चिचिण्डो ८० रुपैयाँ, घिरौला ५०, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो) २०, हरियो फर्सी (डल्लो) २५, सलगम ७०, भिण्डी ७०, सखरखण्ड ६०, बरेला ६०, स्कुस ६० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ९० रुपैयाँ, पालुंगो साग १२० रुपैयाँ, चम्सुरको साग १२० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ र मेथीको साग १२० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ३०, बकुला ८०, तरुल १००, कन्य च्याउ १५०, डल्ले च्याउ ३५०, न्युरो ७०, ब्रोकाउली ५०, चुकन्दर ६०, सजीवन ९०, कोइरालो १५०, रातो बन्दा ६०, जिरीको साग ७०, ग्याठ कोबी ६०, सेलेरी ९०, पार्सले १५०, सौफको साग १२०, पुदिना १२०, गान्टे मुला ८०, इमली १४०, तामा ९०, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २६०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ५०, खुर्सानी हरियो (बुलेट) ५०, खुर्सानी हरियो (माछे) ९०, अकबरे खुर्सानी २५०, भेडे खुर्सानी १३०, हरियो लसुन १८०, हरियो धनिया ५०, चाइनिज सुकेको लसुन २७०, नेपाली सुकेको लसुन १५०, छ्यापी सुकेको १८० रुपैयाँ र छ्यापी हरियो ११० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २४०, अनार २५०, हरियो अंगुर १८०, कालो अंगुर २८०, सुन्तला (भारतीय) १८०, तरबुजा (हरियो) ४५, मौसम १५०, जुनार २५०, भुई कटहर प्रति गोटा १५०, रुख कटहर ८०, लोकल काक्रो ६०, हाइब्रिड काक्रो ३०, नेपाली मेवा ९०, भारतीय मेवा ९०, स्ट्रबेरी ३५०, आभोकाडो ५५०, किवि ४५० र अमला ११० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी