काठमाडौँ । एसियन लाइफ इन्स्योरेन्सको हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको १६औं वार्षिक साधारण सभाबाट पारित हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको हो ।
बीमा नियामक नेपाल बीमा प्राधिकरणले न्यूनत्तम चुक्ता पूँजी रु ५ अर्ब पुर्याउन दिएको निर्देशन बमोजिम यस कम्पनीले सेयर लाभांश र हकप्रद निष्कासनमार्फत चुक्ता पूँजी जुटाउने क्यापिटल प्लान अन्तर्गत हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत (१,४२,७९,३१२ कित्ता) हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयर निष्कासन पश्चात् कम्पनीको चुक्ता पूँजी रु ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५६ पुग्नेछ ।
आर्थिक वर्ष २०८०-८१ को चैत्र मसान्त सम्ममा कूल रु ४१ अर्ब रुपैयाँभन्दा बढी जीवन बीमा कोष रहेको यस कम्पनीले बीमित र सेयरधनीलाई अधिकत्तम प्रतिफल प्रदान गर्नुको साथै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान दिन जलविद्युत आयोजना, पर्यटन व्यवसाय, हवाई उड्यन सेवा, बैंक, निर्जीवन तथा पुनर्बीमा कम्पनीहरूमा समेत लगानी विविधिकरण गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०८०-८१ को चैत्र मसान्त सम्म प्रथम बीमाशुल्क रु १ अर्ब २० करोड ६१ लाख, नवीकरण बीमा शुल्क रु ४ अर्ब ५७ करोड ९२ लाख गरी कुल रु ५ अर्ब ७८ करोड ५४ लाख बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
हकप्रद सेयर निष्कासन सम्बन्धी सम्झौता पत्रमा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्