×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालमन्दिर जग्गा प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

PRIME CA
GLOBAL IME BANK

बालमन्दिर जग्गा प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

२७ बैशाख २०८१, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं। बालमन्दिर जग्गा प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बिहीबार जिल्ला अदालत काठमाडौँले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई पक्राउ गर्न अनुमति दिएको हो ।

नक्सालस्थित बालमन्दिर जग्गा विवादमा बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंह, पूर्वपदाधिकारीहरू तुलसीनारायण सिंह, गणेशभक्त श्रेष्ठ, सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

त्यसैगरी, रामकाजी कोने, दिपकदास श्रेष्ठ, गोपाल श्रेष्ठ, प्रचण्डराज प्रधान, योगेन्द्रबहादुर शाही, वृहस्पति स्कुलका पूर्वसञ्चालकहरू चिरञ्जीवी तिवारी, प्रविणराज जोशी र मुरारी निधी तिवारीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पुरुषोत्तमराज जोशी, श्रद्धा संघाई, अभिनव सिंघनिया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेका लागि पक्राउ पुर्जी जारी भएको छ ।

२०४९ सालमा ३० वर्षका लागि भाडामा लिएको जग्गामा निजी स्कुल सञ्चालन गरेको र भाडासमेत अत्यन्त न्यून देखिएको भन्दै उजुरी परेपछि उक्त प्रकरणमा सीआईबीले अनुसन्धान अघि बढाएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: