Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

अर्थ सरोकार

काठमाडौं। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाही जिल्ला इश्वरपुर नगरपालिका वडा नं. १२ घर भएका अजय कुमार चौधरी पक्राउ परेका छन् ।

उच्च अदालत पाटनको २०७९ कार्तिक ४ गतेको फैसलाले चौधरीलाई सात लाख जरिवाना, तीन दिन कैद र २८ हजार क्षतिपुर्ती शुल्क भराउने निर्णय गरेको थियो। सो फैसलापछी उनी फरार भएका थिए ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले जेठ ३ गते गैह्रीगाँउबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK