काठमाडौँ । नेपालकै लगानीमा रिङरोडको तेस्रो खण्ड बनाउन अर्थमन्त्रीसँग सांसद एवं कांग्रेस नेता प्रदिप पौडेलले माग गरेका छन् । सरकारले आगामी बर्षको बजेट ल्याउने तयारी गरिरहँदा नेता पौडेलले अर्थमन्त्री पुनलाई भेटेर यस्तो माग गरेका हुन् ।
उनले अर्थमन्त्री वर्षमान पुनलाई भेटेर रिङरोड तेस्रो खण्ड (बसुन्धरा देखि धोबिखोला) सम्मको विस्तार गर्ने परियोजनालाई नेपालकै लगानीमा बनाउने गरि आगामी बजेटमा समावेश गर्न माग गरेका छन् ।
रिङरोड बिस्तारको दोश्रो खण्ड कलंकीदेखि बसुन्धारा सम्मको काम नेपालले गरिरहेको र चिन पक्षबाट हालसम्म पनि कामको प्रकृया शुरु नभएकोले तेस्रो खण्डको निर्माण अनिस्चित बनेको पौडेलको भनाइ छ । धुलाम्मे साँघुरो सडकका कारण सर्वसाधारणले सास्ती खेप्नुपर्ने भएकोले रिङरोडको तेस्रो खण्ड निर्माणका लागि अनिश्चित कालसम्म पर्खन नसकिने उनको भनाइ थियो ।
चिन पक्षबाट दोश्रो खण्डकै काम हालसम्म पनि शुरु नभएकोले नेपालकै लगानीमा तेस्रो खण्ड अण्डरपास सहित बसुन्धरादेखि धोबीखोला सम्मको विस्तारका लागि बजेट छुट्याउन माग गरेको नेता पौडेलले बताएका छन् । नेता पौडेलले अर्थमन्त्री पुनसँगको भेटमा रिङरोड विस्तार लगायत काठमाडौं उपत्यकाका एवं देशका आम नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएका योजनाहरू आगामी बजेटमा समेट्न ध्यानाकर्षण गराएका हुन् ।
त्यस्तै, पौडेलले काठमाडौंको यातायात व्यवस्था सहज बनाउन महत्वपूर्ण मानिएको विष्णुमति करिडोरलाई नमुना करिडोरको रुपमा विकाश गरि बहुवर्षे आयोजनाका रूपमा सूचिकृत गराउन माग गरेका छन् । त्यसैगरी उनले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई चिकित्सा विषय पठनपाठनको केन्द्र बनाउन पनि माग गरेका छन् । पौडेलले काठमाडौंको टुकुचा खोलामा ढल व्यवस्थितगरी प्रदुषणमुक्त बनाउन, त्यसैगरी कान्ति बाल अस्पताललाई सुविधासम्पन्न बाल अस्पतालको रुपमा विकाश गर्न बजेट व्यवस्थापनको माग गरेका छन् ।
सांसद पौडेलले शिवपुरी राष्ट्रिय निकुञ्ज जलाधार क्षेत्र भित्रका मुहान पोखरी, विष्णु पादुका र चन्डेश्वोरीमा रहेका खानेपानीका स्रोतहरू संकलन गर्न एकीकृत पानी संकलन केन्द्र तथा ट्याङ्की निर्माण गरि वितरणका लागि शिवपुरी खानेपानी राष्ट्रिय गौरव परियोजनालाई बहुवर्षे आयोजनाका रूपमा सूचिकृत गराई बजेटको विनियोजन गर्न माग गरेका छन् । पौडेलले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आगामी बजेटमा समावेश गर्नुपर्ने बहुवर्षीय योजनाका बारेमा ध्यानाकर्षण गराएका थिए ।
उनले रिङरोड तेस्रो खण्डको विस्तारका लागि पटक पटक सरोकारवालाको ध्यानाकर्षण गराउँदै आएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्