×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झण्डै ५ करोड नोक्सानीमा वरुण हाइड्रोपावर, ईपीएस १२ रुपैयाँ २७ पैसा ऋणात्मक (थप विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

झण्डै ५ करोड नोक्सानीमा वरुण हाइड्रोपावर, ईपीएस १२ रुपैयाँ २७ पैसा ऋणात्मक (थप विवरणसहित)

२७ बैशाख २०८१, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । वरुण हाइड्रोपावर कम्पनी लिमिटेड झण्डै ५ करोड रुपैयाँ नोक्सानीमा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनी कुल ४ करोड ९२ लाख रुपैयाँ नोक्सानीमा रहेको देखिएको हो । जबकी कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा भने कुल १ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यसो त कम्पनी नोक्सानीमा जानुको कारण आयोजनामा बाढीले पुर्याएको क्षतिलाई लिइएको छ । गतवर्षको बाढीले हेवा खोला साना जलविद्युत आयोजनामा क्षति पुर्याएपछि विद्युत उत्पादन नभएका कारण कम्पनी नोक्सानीमा पुगेको हो ।

यता कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ऋणात्मक रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको यस्तो आम्दानी १२ रुपैयाँ २७ पैसा ऋणात्मक रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ४१ पैसा रहेको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा कुल ५२ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको वरुण हाइड्रोपावरको अन्य इक्विटी ३ करोड ८ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।hy

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: