×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘व्यवसायीले बैंकको कर्जा तिर्न नसक्ने अवस्था छ’ : भवानी राणा

PRIME CA
GLOBAL IME BANK

‘व्यवसायीले बैंकको कर्जा तिर्न नसक्ने अवस्था छ’ : भवानी राणा

२८ बैशाख २०८१, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणाले अर्थतन्त्रलाई लयमा फर्काउन बैंकको ब्याजदर र राज्यको आर्थिक नीति स्थिर हुनुपर्ने बताएकी छिन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)ले आयोजना गरेको राष्ट्रिय सम्मेलनमा बोल्दै राणाले यस्तो बताएकी हुन् ।

उनले मुलुकको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै सरकारले बैंकको ब्याजदर र आर्थिक नीतिलाई स्थिर बनाउनुको विकल्प नभएको दाबी गरिन् ।

राणाले अस्थिर नीतिहरुको कारणले पनि निजी क्षेत्रको सरकारले मनोबल उच्च बनाउन नसकेको पनि उल्लेख गरेकी छिन् । निजी क्षेत्रको मनोबल उच्च बनाउनका लागि आगामी बजेट तथा नीति कार्यक्रममा नीतिगत सुधार आवश्यक रहेको पूर्वअध्यक्ष राणाले बताएकी छिन् । उनले सरकारले निजी क्षेत्रको मनोबल उच्च बनाउन सक्दा मात्रै पनि अर्थतन्त्रमा सुधार आउनसक्ने जिकिर गरिन् ।

त्यस्तै, अहिले पनि मुलुकको अर्थतन्त्र त्यति धेरै नबिग्रिएको भन्दै अर्थतन्त्रलाई रिभाइभ गर्नसक्ने अवस्था रहेको राणाको भनाई छ । उनले पछिल्लो समय उद्योग व्यवसाय ३० प्रतिशत क्षमतामा मात्रै सञ्चालनमा आएकाले केही उद्योग क्षेत्रमा समस्या देखिएको बताइन् । पूर्ण क्षमतामा उद्योग सञ्चालन गर्न नसक्दा व्यवसायीहरुले बैंकहरुबाट लिएको कर्जा समेत फर्काउन नसकेको राणाको भनाई छ ।

बजारमा पनि व्यवसायीहरुको उधारो समेत उठ्न नसकेको जानकारी दिँदै पूर्वअध्यक्ष राणाले एउटा व्यवसाय देख्ने बित्तिकै त्यसैको पछाडि बैंक र व्यवसायीहरु लाग्ने गरेको बताएकी छिन् । साथै सानो देशमा धेरै उत्पादन गर्दा खपत गर्न नसक्ने भएकाले त्यस्तो हुँदा निर्यात बेसमा लैजान सक्नुपर्ने र बैंक र व्यवसायीहरुले विश्लेषण गरेर मात्रै लगानी गर्न आवश्यक रहेको राणाले बताएकी छिन् । त्यस्तै, बैंकहरुले गर्ने लगानी एउटै क्षेत्रमा हुनु नहुने पनि उनले बताएकी छिन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: