×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देउवा र दाहालबीच ‘वान टु वान’ भेटवार्ता, जुट्ला त सहमति ? 

GLOBAL IME BANK

देउवा र दाहालबीच ‘वान टु वान’ भेटवार्ता, जुट्ला त सहमति ? 

१३ जेष्ठ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र कांग्रेस सभापति शेरबहादुर देउवाबीच ‘वान टु वान’ भेटवार्ता भएको छ । आइतबार देउवालाई भेट्न प्रधानमन्त्री दाहाल देउवा निवास बुढानीलकण्ठ पुगेका छन् । उनले देउवासँग सहकारीको बचत अपचलन प्रकरण छानबिनका निम्ति गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउने विषयमा देउवासँग दुईपक्षीय छलफल गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच टीओआर टुंगो लगाएर संसदमा जारी गतिरोध अन्त्य गर्न निरन्तर कार्यदलका सदस्यले छलफल गर्दै आइरहे पनि गाँठो फुकाउन कांग्रेस तयार भएको थिएन ।

यता सत्तापक्षले पनि गृहमन्त्रीको नामै किटान गरी समिति गठन गर्ने कांग्रेसको बटमलाइनमा सहमत नभएपछि टीओआर टुंगो लगाउने जिम्मा कार्यदलले शीर्ष नेताहरुलाई छाडेको छ । 

शनिबार साँझ उक्त विषयमा शीर्ष नेताहरूबीच भएको छलफल कार्यादेशमा सहमति जुट्न नसक्दा आइतबार बिहान ९ बजे बैठक बस्ने गरि हिजोको बैठक सकिएको थियो । तर, शीर्ष नेताहरुबीचको बैठक बस्नुअघि नै दाहाल देउवालाई फकाउन बुढानीलकण्ठ पुगेका छन् ।  

आज संसद् बैठकअघि शीर्ष नेताहरुले सो विषयमा सहमति जुटाएर सदनबाट नीति कार्यक्रम पारित गर्ने तयारी सरकारको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: