×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक महिनामा पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एक महिनामा पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन

Artha Sarokar

३ जेष्ठ २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा रु ६९ लाख ३२ हजार चार सय भेटी सङ्कलन भएको छ । वैशाखमा सङ्कलन भएको भेटी पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको हो ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले सङ्कलित भेटी बैंक दाखिला गरिएको बताएका छन् । समितिले मन्दिरमा चढाइएको भेटी हरेक महिना सार्वजनिक गर्दै आएको छ ।

गत महिना ५१ हजार आठ सय चार जनाले देवीको दर्शन गरेका थिए । चालु आर्थिक वर्षको वैशाखसम्ममा दुई लाख २० हजार दुई सय ७२ जना पाथीभरा आएका समितिले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी