×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मन्त्रालयको बजेटले खेलाउन सक्ने लुँडो र चेस मात्रै हो’- श्रेष्ठ

PRIME CA
GLOBAL IME BANK

‘मन्त्रालयको बजेटले खेलाउन सक्ने लुँडो र चेस मात्रै हो’- श्रेष्ठ

२८ बैशाख २०८१, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको बजेटले लुँडो, चेस र बाघचाल मात्रै खेलाउन सकिने बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले मन्त्रालयमा बजेट न्यून भएका कारण लुँडो, चेस र बागचाल मात्रै खेलाउन सकिने बताएका हुन् । 

उनले देशभरका जनप्रतिनिधि खेलकुदको क्षेत्रमा बजेट माग गर्दै आउने गरेको भए पनि माग अनुसारको बजेट दिन नसकिने बताएका छन् । खेलकुद पूर्वाधारको क्षेत्र समयसापेक्ष रुपले विकास हुन नसकेको भन्दै मन्त्री श्रेष्ठले नीतिगत रुपमा खेल क्षेत्रको सुधारका लागि मन्त्रालय लागिरहेको उल्लेख गरेका छन् ।  

‘देशभरका जनप्रतिनिधिहरु योजना माग्न आउनुहुन्छ । तर, अहिले खेलकुद मन्त्रालयको बजेटले गर्न सक्ने लुँडो, चेस र बागचाल खेलाउन मात्रै हो ।’, मन्त्री श्रेष्ठले भने, ‘पूर्वाधारमा सापेक्षताको सिद्धान्तमा काम गर्न सकिएको छैन । बजेटको अभाव हो । समय सापेक्ष पनि हुन सकिरहेको छैन । नीतिगत रुपमा खेल क्षेत्रको सुधारका लागि मन्त्रालय लागि परेको छ ।’

त्यस्तै, मन्त्री श्रेष्ठले खेल क्षेत्रको सुधार गर्नका लागि राजनीतिक आवद्धता त्याग्नुपर्ने पनि बताएका छन् । उनले सङ्घहरू दल अन्तर्गत रहेको भन्दै त्यसले खेल क्षेत्रको विकास हुन नसक्ने पनि बताएका छन् ।

सोही क्रममा मन्त्री श्रेष्ठले दशरथ रङ्गशालाको विकल्पको रुपमा काठमाडौँ उपत्यकाभन्दा बाहिर पनि रङ्गशाला बनाउनुपर्नेमा जोड दिएका छन् । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: