Skip to content
LAXMI SUNRISE BANK

आगामी आर्थिक वर्षको बजेट भाषण जेठ १५ गते 

अर्थ सरोकार

काठमाडौँ । जेठ १५ गते (मंगलबार) अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषण गर्ने भएका छन् । 

आइतबार प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य प्रस्तुत गर्न जेठ १५ गते दिउँसो १ बजेका लागि बैठक बोलाएका छन् । 

आइतबारको संसद बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । 

यता सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनको माग गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार पनि संसदमा विरोध गरेको थियो । विरोधकैबीच संसदबाट नीति तथा कार्यक्रम पारित गरिएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK