×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा चेम्बरद्वारा शुभकामना व्यक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा चेम्बरद्वारा शुभकामना व्यक्त

Artha Sarokar

१९ बैशाख २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले १३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गरेको छ । ‘मे १’ अर्थात् अन्तराष्ट्रिय मजदुर दिवसको सन्दर्भमा शुभकामना सन्देश मार्फत चेम्बरले सम्पूर्ण श्रमजीवीको हकहित र अधिकारको पक्षमा रहेको जनाएको हो ।

श्रमिक बर्गको सुरक्षा, लगानीमैत्री वातावरण मार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ । नेपालको  संविधान २०७२ ले श्रम सम्बन्धी हकलाई पनि मौलिक हकका रुपमा व्याख्या गरेको भन्दै चेम्बरले सामाजिक सुरक्षा कोषलाई अझै प्रभावकारी बनाउनुपर्ने जनाएको छ ।

श्रम सम्बन्धी ऐन नियमहरूमा समय सापेक्ष सुधार र संशोधन गर्नुपर्ने भन्दै चेम्बरले रोजगारदाता र श्रमीकबीचको पारस्परिक सम्बन्धले नै उत्पादन र उत्पादकत्व बढ्ने एवं समग्रमा दिगो आर्थिक विकास गर्न सकिने उल्लेख गरेको छ । चेम्बरले श्रमिकको स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउन समेत सरकारसँग माग गरेको छ ।

चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ स्वास्थ्य सेवामा श्रमीकको पँहुच सहज बनाउनका लागि विशेष पहल हुन जरुरी छ, ।’ सरकार, निजी क्षेत्र र श्रमिक बर्गको संयुक्त पहलबाट मात्रै मुुलुकमा लगानीमैत्री वातावरण निर्माण, रोजगारी सिर्जना एवं उत्पादन वृद्धि मार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने चेम्बरले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी