Skip to content
LAXMI SUNRISE BANK

एक्सन स्पोर्ट्स एचडी वन च्यानलले ‘इन्टर कलेज फुटसल च्यामपेन्सीप’ प्रत्यक्ष प्रसारण गर्दै

अर्थ सरोकार

काठमाडौँ । एक्सन स्पोर्ट्स एचडी वन च्यानलले ‘इन्टर कलेज फुटसल च्यामपेन्सीप’ प्रत्यक्ष प्रसारण गर्ने भएको छ । अखिल नेपाल फुटबल संघको आयोजनामा २०८१ वैशाख २६ गतेदेखि जेठ ९ गतेसम्म हुन लागेको इन्टर कलेज फुटसल च्याम्पियन्सिप एक्सन स्पोर्ट्स एचडी वन च्यानलले प्रत्यक्ष प्रसारण गर्ने भएको हो ।

कम्पनीको सम्झौता अनुसार उक्त प्रतियोगिताको प्रत्यक्ष प्रसारण भने डिस मिडिया नेटवर्कले एक्सन स्पोर्ट्स एचडी वन च्यानलबाट हुने भएको छ ।

सो सम्झौतामा प्याराडाइम ग्रुपको तर्फबाट सिसन बानियाँ र डिस मिडिया नेटवर्कका तर्फबाट बिजिनेस डेभपलमेन्ट हेड भूपाल सिंह बस्नेतले हस्ताक्षर गरेका थिए । प्रतियोगितामा प्लस टु र ब्याचलर तहमा अध्ययनरत विद्यार्थी सम्मिलित कुल १६ वटा टिमको सहभागिता रहनेछ ।

सहभागी टिमहरूलाई ४ समुहमा विभाजन गरि लिग कम नकआउट आधारमा खेलहरू खेलाइने छ । प्रतियोगिताको सम्पूर्ण खेलहरू लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको कभर्डहलमा हुनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK