×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नीति तथा कार्यक्रम आशलाग्दो छ, बजेटमा समावेश भए गज्जब’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘नीति तथा कार्यक्रम आशलाग्दो छ, बजेटमा समावेश भए गज्जब’

२ जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको नीति तथा कार्यक्रम आशलाग्दो आएको बताएका छन् । आगामी आर्थिक वर्षका लागि सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमबारे प्रतिक्रिया दिँदै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । 

उनले नीति तथा कार्यक्रमका समेटिएका योजना बजेटमा पनि समावेश गर्न सके निजी क्षेत्र र समग्र अर्थतन्त्र सुधारमा आश जाग्ने प्रतिक्रिया दिएका छन् । 

त्यस्तै, अध्यक्ष ढकालले नीति तथा कार्यक्रम राम्रो भए पनि सरकारले गर्ने कार्यान्वयनमा भर बताए । ‘नीति तथा कार्यक्रमका प्रतिवद्धता अनुसार सरकारले बजेट ल्याउनुपर्छ । नीति तथा कार्यक्रम कार्यान्वयनमा भर पर्छ ।’, ‘उनले भने, ‘सरकारले नीति तथा कार्यक्रममा निजी क्षेत्रसँग सहकार्य गर्ने धेरै कार्यक्रमहरु ल्याएको छ । नीति तथा कार्यक्रमको आधारमा आउने बजेट र कार्यान्वयनमा भरपर्छ ।’

त्यस्तै, सरकारले नीति तथा कार्यक्रममा निजी क्षेत्रसँग सहकार्य गर्ने धेरै कार्यक्रमहरु ल्याएको अध्यक्ष ढकालको भनाई छ । उनले सरकारले नीति तथा कार्यक्रममा कृषि र उत्पादनलाई प्राथमिकता राखिनु सकारात्मक भएको बताएका छन् । बजेटमा सम्बोधन गरी कार्यान्वयनमा लैजानसके आशा जगाउने खालको कार्यक्रम रहेको ढकालको भनाई रहेको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: