काठमाडौँ । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्र बहादुर केसीले सहकारी ‘ठग’लाई सरकारले जोगाउने षड्यन्त्र गरेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले यस्तो आरोप लगाएका हुन् ।
उनले सहकारी ठगीका विषयमा यति धेरै प्रश्न उठ्दा पनि सरकार मौन बस्नुले सहकारी ठगी गर्नेलाई जोगाउन सरकारले षड्यन्त्र गरेको पुष्टि हुने बताएका छन् ।
त्यस्तै, सांसद केसीले सहकारी ठगी गर्नेहरुलाई सरकारले जोगाउने षड्यन्त्र गरेर लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण गरेको भन्दै सरकारको नीति तथा कार्यक्रमको विरोध गरेका छन् ।
‘सहकारी ठगी गरेर यत्रो मूलक नै बर्बाद पार्नेहरुलाई सत्ता पक्षले जोगाउन जुन खालको षड्यन्त्र गरिरहेका छ ।’, उनले भने, ‘यो लोकतन्त्र र गणतन्त्रमाथिकै आक्रमण हो । त्यसैले सत्ताधारीको यो नीति तथा कार्यक्रम पनि समर्थन गर्दैनौं, विरोध गर्दछौं ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्