काठमाडौँ । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं २ घर भई हाल जिल्ला काठमाडौँ टोखा नगरपालिका वडा नं १० बस्ने ३१ वर्षीय असिम नगरकोटी रहेका छन् ।
नगरकोटीले आकर्षक तलबको प्रलोभनमा पारेर बेरोजगार नेपाली युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भन्दै रकम ठगी गरेका थिए ।
पीडितहरूबाट रकम लिएर विदेश नपठाई सम्पर्क विहीन भएपछि पीडितहरूले नगरकोटी विरुद्ध जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई वैशाख २७ गते काठमाडौँ महानगरपालिका वडा नं २६ ठमेलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्