×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यार्सा खोज्न गएको मौका छोपी २३ घरमा लुट, लाखौँको चोरी ! 

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

यार्सा खोज्न गएको मौका छोपी २३ घरमा लुट, लाखौँको चोरी ! 

१४ जेष्ठ २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । यार्सा खोज्न गएको मौका छोपि मगुका २३ घरमा लुटपाट भएको छ । मुगुको मुगुम कार्मारोङ गाउँपालिका-१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेका हुन् । गाउँका अधिकांश मानिसहरु यार्सागुम्बाको संकलन गर्न पाटन गएको मौका छोपी हतियारधारी समूहले लुटपाट गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार गाउँमा बुढाबुढी र अशक्त रहेको मौका छोपेर लुटेरा समुहले डोल्फु गाउँका ५० घरमध्ये २३ घरबाट लुटपाट गरेको हो । उक्त समूहले २३ घरबाट नगद, गहना तथा सरसामानलगायत लाखौँ मूल्य बराबरको चोरी गरेको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिएका छन् । 

बन्दुक र खुकुरीसहित आएको हतियारधारी समूहले घर फोडेर घरमा रहेका सुन, चाँदी, पुराना भाँडाकुँडा, जडीबुटी, लत्ताकपडालगायत सामान लुट्नुका साथै गाउँमा भाएका कुकुर र गुम्बाका पुजारीलाई समेत कुटपिट गरेको अध्यक्ष लामाले बताए । ‘२३ घरमा लुटपाट गरेछन् । गाउँमा रहेका गुम्बाका पुजारी र कुकुरलाईसमेत लुटेरा समुहले मरणासन्न हुने गरी कुटपिट गरेछन् ।’, उनले भने, ‘घटनाबारे प्रहरीले थप अनुसन्धान गर्दैछ ।’ मुगुम कार्मारोङ-१ का वडाध्यक्ष कार्मा तुन्डुक लामाले गाउँमा भएको लुटपाटबारे प्रहरीलाई जानकारी गराएका थिए । 

यता जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले घटना सत्य भएको र यथार्थ बुझ्न घटना स्थलबाट ५ घण्टा तल रहेको पुलु प्रहरी चौकीबाट प्रहरीको टोली पठाइएको जानकारी दिएका छन् । जेठ १५ गतेदेखि यार्सागुम्बा संकलनका लागि अनुमति दिएसँगै त्यहाँका स्थानीय गाउँ छाडेर यार्सागुम्बा संकलनका लागि हिमाली भेगतर्फ गएका थिए । विगत वर्षहरुमा पनि जुम्लाका पातारासी, पटमारा लगायत बस्तीहरुबाट हतियारधारी समूह आएर मुगुका स्थानीयसँग झगडा गर्ने तथा यार्सा लुटेर लाने गरेको घटना भएका थिए । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: