×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘ताराबाजी लै लै, इसिडिमा सुधार खै ?’ (फोटो-कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘ताराबाजी लै लै, इसिडिमा सुधार खै ?’ (फोटो-कथा)

Artha Sarokar

६ जेष्ठ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष नेत्र चापागाँईले विगत पाँच दिनदेखि बालविकास शिक्षा सुधारको लागि दबाबमूलक कार्यक्रम गरिरहेका छन् । उनी माइतीघर मण्डलामा ‘शैक्षिक अवसर सबैलाई बराबर, गुणस्तरीय शिक्षाको आधार इसीडी शिक्षामा सुधार’ लगायतका नारासहितको प्लेकार्ड लिएर विद्यार्थी र शिक्षकहरूको हकहितका निम्ति उभिएर विरोध गरिरहेका छन् ।

उनले आगामी बजेटमा शिक्षकहरूको तलब बढाउने कुराको ग्यारेन्टी नभएसम्म शान्त नबस्ने बताएका छन् । आन्दोलन स्थलमै पुगेकी शिक्षामन्त्री सुमना श्रेष्ठसँग उनले प्रधानमन्त्री र अर्थमन्त्रीको प्रतिवद्धता लिएर आउन आग्रह समेत गरेका छन् ।

निबन्ध जस्तो नीति कार्यक्रमप्रति आफू सन्तुष्ट नभएको पनि उनको भनाई छ । उनले अटिजम भएका बालबालिकाहरूलाई विद्यालय खोल्ने वातावरण पनि बनाउनुपर्ने माग गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस् :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी