×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इलेक्ट्रिक गाडीको कर बढ्यो, कुनमा कति ? (विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

इलेक्ट्रिक गाडीको कर बढ्यो, कुनमा कति ? (विवरणसहित)

१६ जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारिसाधन (ईभी)मा कर वृद्धि गरेको छ । आर्थिक वर्ष २०८१/८२ को बजेट पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले ईभीमा कर समग्रमा १० प्रतिशतले बढेको घोषणा गरेका हुन् । 

ईभीको करका दरमा गरिएको हेरफेरअनुसार आगामी आर्थिक वर्षमा ५० किलोवाटसम्मको ईभीमा भन्सार दर १५ प्रतिशत पुर्याइएको छ । जबकी यसअघि ५० किलोवाटसम्मको ईभीमा भन्सार दर १० प्रतिशत तोकिएको थियो भने अन्तशुल्क छुट गरिएको थियो । 

त्यस्तै, ५१ देखि १०० किलोवाटसम्मको ईभीमा सरकारले भन्सार दर २० प्रतिशत र अन्तशुल्क १५ प्रतिशत पुर्याएको छ । यसअघि सरकारले ५१ देखि १०० किलोवाटसम्मको ईभीमा १५ प्रतिशत भन्सार दर र अन्तशुल्क १० प्रतिशत तोकिएको थियो । त्यस्तै, १०१ देखि २०० सम्मको ईभीमा भन्सार दर ३० प्रतिशत र अन्तशुल्क २० प्रतिशत पुर्याइएको छ ।

यस्तै २०१ देखि ३०० किलोवाटसम्मको ईभीमा ६० प्रतिशत भन्सार दर र ३५ प्रतिशत तोकिएको छ । २०१ देखि ३०० किलोवाटसम्मको ईभीमा सरकारले भन्सार दर २० प्रतिशतले बढाएको छ भने अन्तशुल्क १० प्रतिशतले घटाएको छ । यता ३०० किलोवाटभन्दा बढीका ईभीमा भन्सार दरलाई २० प्रतिशत बढाएर ८० प्रतिशत पुर्याइएको छ भने अन्तशुल्क १० प्रतिशत घटाएर ५० प्रतिशत तोकिएको छ ।

इलेक्ट्रिक गाडीमा सरकारले करका दर हेरफेर गरेसँगै अब नेपाली बजारमा ईभीको आयात र बिक्री दुवै घट्ने अनुमान गरिएको छ । नेपाली वातावरणलाई प्रदुषणमुक्त र विद्युतीय गाडीको प्रवर्द्धन गर्नुपर्ने बेला कर बढाउँदा यसले ईलेक्ट्रिक गाडीको बजार र व्यापार दुवै कम हुने व्यवसायीहरुले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: