Skip to content
LAXMI SUNRISE BANK

सरकारका नाममा ५३ हजार बाइक, कार र जिप १४ हजार ! 

अर्थ सरोकार

काठमाडौँ । नेपाल सरकारका नाममा करिब ५३ हजार बढी मोटरसाइकल दर्ता रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको ६१औँ प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० सम्म नेपाल सरकारका नाममा ५२ हजार ९ सय ४२ मोटरसाइकल दर्ता रहेको पाइएको हो । 

जसमध्ये संघीय कार्यालयहरुमा २४ हजार ६ सय ६०, प्रदेश स्तरका सरकारी कार्यालयमा ९ हजार ५ सय ७१ र स्थानीय तहहरुमा १८ हजार ७ सय ११ मोटरसाइकल रहेका छन् । ।

त्यस्तै, संघीय कार्यालयहरुमा ११ हजार ९ कार र जिप, प्रदेश स्तरका कार्यालयमा १ हजार ९ सय ७६ कार र जिप र स्थानीय तहमा १ हजार ३ सय ९० कार र जिप रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । 

यसरी देशभर ६७ हजार ३ सय १७ वटा मोटरसाइकल, कार र जिप तथा भ्यान सरकारको नाममा दर्ता भएको देखिएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK