Skip to content
LAXMI SUNRISE BANK

सरकार प्रेसको कन्टेन्टमाथि नियन्त्रण गर्न खोज्दैछः गगन थापा 

अर्थ सरोकार

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रेसको कन्टेन्टमाथि सरकारले कन्ट्रोल गर्ने प्रयास गरेको आरोप लगाएका छन् । आइतबार नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा केन्द्रीय समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

थापाले प्रेस स्वतन्त्रता भनेकै प्रजातन्त्र भएकाले प्रेसले प्रश्न उठाउन छोड्यो भने सबै सकिने भन्दै कन्टेन्टमाथि सरकारले कन्ट्रोल गर्ने प्रयास गरेको बताएका छन् । 

‘प्रेस स्वतन्त्रता भनेकै प्रजातन्त्र हो । प्रेसले प्रश्न उठाउन छोड्यो भने त सकियो । कन्टेन्टमाथि सत्ताले कन्ट्रोल गर्ने प्रयास गरेको छ ।’, उनले भने, ‘कन्ट्रोल गर्ने कुरा गलत हो ।’

त्यस्तै, उनले केही समयपछि सत्ताले भनेको विषयवस्तुलाई चाहेको जसरी प्रश्न गरेमा कानून बनाएर नियन्त्रण हुनसक्ने अवस्था सृजना हुने आशंका व्यक्त गरेका छन् । प्रेसलाई एउटा निर्णयबाट भोलिपल्ट के लेख्ने भन्ने निर्धारण हुनसक्ने बाटोतर्फ लैजाने प्रयास भएको उनको भनाइ छ । सरकारले प्रश्न सोध्ने अधिकारलाई पनि कुण्ठित गर्न निरंकुशताउन्मुख रवैया रहेको थापाले टिप्पणी गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK