×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार २७ सयले घट्यो सुनको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बुधबार २७ सयले घट्यो सुनको मूल्य

Artha Sarokar

१९ बैशाख २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साताको कारोबारको चौथो दिन (आज ) बुधबार सुनको मूल्य घटेको छ । मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार २७ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन, आज २७ सय रुपैयाँले घटेर १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य पनि २७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३३ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला १६ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख १५ हजार ३ सय १५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १४ हजार ७ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १३९७.५० रुपैयाँमा किनबेच भईरहेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी