×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार सुनको मूल्य स्थिर

PRIME CA
GLOBAL IME BANK

आइतबार सुनको मूल्य स्थिर

२३ बैशाख २०८१, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । साताको कारोबारको पहिलो दिन (आज) आइतबार सुनको मूल्य स्थिर रहेको छ ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख ३४ हजार ७ सय ५० रुपैयाँमै कारोबार भईरहेको छ ।

आइतबार सुनको मुल्य स्थिर रहँदा चाँदीको मुल्य भने घटेको छ ।

यता चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १६ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख १६ हजार ८५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १५ हजार ५ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४ सय ६ रुपैयाँ कायम भएको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: