×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार आठ सय रुपैयाँले घट्यो सुनको मूल्य

PRIME CA
GLOBAL IME BANK

बिहीबार आठ सय रुपैयाँले घट्यो सुनको मूल्य

२७ बैशाख २०८१, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको पाँचौं दिन बिहीबार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ८०० रुपैयाँले घटेर एक लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन ८०० रुपैयाँले घटेर प्रतितोला एक लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १६८५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख १६ हजार २ सय ५५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख १५ हजार ६ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४४४.५० रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: