×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सात सय रुपैयाँले घट्यो सुनको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सात सय रुपैयाँले घट्यो सुनको मूल्य

Artha Sarokar

१ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । जेठ महिनाको पहिलो दिन सुनको मूल्य सात सय रुपैयाँले घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला एक लाख ३८ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज सात सय रुपैयाँले घटेर एक लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन एक लाख ३६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने २५ रुपैयाँले बढेर १७४० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य एक लाख १७ हजार ८ सय रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य एक लाख १७ हजार ५ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४९२ रुपैयाँ कायम भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी