Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार सात सय रुपैयाँले घट्यो सुनको मूल्य

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ७०० रुपैयाँले घटेर एक लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन ६५० रुपैयाँले घटेर प्रतितोला एक लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK