Skip to content
LAXMI SUNRISE BANK

मंगलबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४०० रुपैयाँले बढेर एक लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन ४०० रुपैयाँले बढेर प्रतितोला एक लाख ३६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला १९२० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख १७ हजार ९ सय ७० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख १७ हजार ४ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६४६ रुपैयाँ कायम गरेको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK