काठमाडौं । सरकारले आउँदो आर्थिक २०८१/८२ लाई कृषिमा लगानी दशक घोषणा गरी कृषि क्षेत्रलाई माथि उकास्ने बताएको छ । संघीय संसद्को मंगलबार जारी संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन् ।
राष्ट्रपति पौडलले मंगलबार नीति कार्यक्रम वाचन गर्दै भने, ‘कृषक समूह र सहकारीसँग समन्वयन गरी एकीकृत उत्पादन र बजारीकरण कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तहलाई प्रोत्साहित गरिने छ ।
सम्भाव्य स्थानमा चैते धान उत्पादन गर्न प्रोत्साहन गर्ने छ र बाँझो जमिनमा पशुपालन, फलफूल, वन पैदावार तथा नगदेवाली खेती गर्न सहयोग गरिने छ ।’ यस्तै, राष्ट्रपति पौडेलले सरकारले कृषिजन्य उपजको न्युनतम समर्थन मूल्य तोकेर त्यसको लागि बजार व्यवस्थापन गर्ने व्यवस्था मिलाउने समेत उल्लेख गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्