काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आइपिओ जारी गर्ने भएको छ। इन्स्योरेन्सले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा २२ लाख ५० हजार कित्ता सेयर जारी गर्ने भएको हो।
कम्पनीले आइपिओ निस्कासनका लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन् ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स नेपालको पहिलो पूर्ण डिजिटल प्रविधिबाट बीमालेख जारी गर्ने लघु जीवन बीमा कम्पनी हो, जसमा १४ हजार भन्दा बढी पोलिसी होल्डर तथा ५०० भन्दा बढी एजेन्ट रहेका छन् र केन्द्रिय कार्यालय सहित शाखा उप शाखा तथा एक्सटेन्सन काउन्टर गरी देशभर २६ कार्यालयहरूबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्