×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईएमई लाइफ इन्स्योरेन्सद्वारा ३४.५० प्रतिशत लाभांश प्रस्ताव

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आईएमई लाइफ इन्स्योरेन्सद्वारा ३४.५० प्रतिशत लाभांश प्रस्ताव

Artha Sarokar

२१ बैशाख २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्सले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । इन्स्योरेन्सको बैशाख १९ गते बुधबार सम्पन्न भएको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ३४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बराबरको बोनस सेयर र ९.५० प्रतिशतले हुन आउने ३८ करोड रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) प्रस्ताव गरेको हो ।

यो लाभांश नियामक बिमा प्राधिकरणबाट स्वीकृत र आगामी साधारण सभाबाट पारित भए पश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ कायम हुनेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी