काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव संशोधन गरेको छ । कम्पनीको वैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव संशोधन गरेको हो ।
नेपाल बीमा प्राधिकरणले कम्पनीलाई कर प्रयोजन बाहेक नगद लाभांश वितरण नगर्न निर्देशन दिएसँगै कम्पनीले लाभांश प्रस्ताव संशोधन गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनस सेयर र कर प्रयोजनको लागि समेत १.३१ प्रतिशतले हुन आउने ५ करोड २६ लाख ३१ हजार ५ सय ७९ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
प्राधिकरणको निर्देशनपछि कम्पनीले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीका अनुसार लाभांश प्रस्ताव प्राधिकरण र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।
हाल आइएमई लाइफको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ छ । यस्तो छ सूचना:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्