×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै, देशभर सार्वजनिक बिदा

PRIME CA
GLOBAL IME BANK

बुधबार १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै, देशभर सार्वजनिक बिदा

१९ बैशाख २०८१, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । वैशाख १९ ( मे १) गते बुधबार अर्थात आज अन्तर्राष्ट्रिय श्रमिक दिवस देशभर मनाइदैछ । मजदुर आन्दोलनको सम्झना र मजदुरहरूको पेशागत हक अधिकारको वकालत गर्दै १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदैछ । श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा भएको श्रम संगठन एवम् श्रमिक नेताको सम्मेलनले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसयता श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिएको छ । दिवसकै सन्दर्भमा बुधबार नेपाल सरकारले सार्वजनिक बिदा समेत दिएको छ । यो वर्षका लागि ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नारा तय गरिएको छ ।

 सन् १८८६ मा मजदुर आन्दोलन चर्किदै गर्दा अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम बिस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्न नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गरेको थियो । प्रहरीको गोली लागेर सात मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहास छ ।

 विश्वभर मजदुरहरूले यो दिवसलाई विशेष पर्वकारुपमा लिँदै गुणस्तरीय जीवन बिताउन आफ्ना सुविधाको समायानुकुल बढोत्तरी तथा आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउने गरेका छन् । नेपालमा भने विराटनगरमा वि.सं २००७ मा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । वि. सं २०४६ पछि यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो । दिवसका सन्दर्भमा विभिन्न मजदुर संघ सङ्गठनहरूले कार्यक्रम गरी मनाउने गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: