×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जगदम्बा स्टिलमा कार्यरत मजदुरको कार्यक्षेत्रमै मृत्यु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जगदम्बा स्टिलमा कार्यरत मजदुरको कार्यक्षेत्रमै मृत्यु

Artha Sarokar

२ जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । जगदम्बा स्टिलमा कार्यरत मजदुरको कार्यक्षेत्रमै मृत्यु भएको छ । बाराको सिमरास्थित उद्योगमा काम गर्दागर्दै वीरगन्ज महानगरपालिका–३१ का भुलन चौधरीको मृत्यु भएको हो ।

उद्योगमा काम गर्दागर्दै एक्कासि ढलेपछि अस्पताल लगिएका चौधरीको उपचारका क्रममा वीरगन्ज एल.एल न्यूरो अस्पतालमा मृत्यु भएको उद्योग प्रशासनले जनाएको छ ।

विगत ३ दशकदेखि जगदम्बा स्टिलमा काम गर्दै आएका चौधरी उद्योगभित्र वर्कसपमा काम गर्दै आएका थिए । चौधरीको मृत्युपछि जगदम्बा स्टिलले चौधरीको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र ५० हजार रुपैयाँ क्रिया खर्च उपलब्ध गराउने भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी