×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिरोहियाको मुटुमा समस्या, हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिरोहियाको मुटुमा समस्या, हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

Artha Sarokar

१५ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । नागरिकता प्रकरणमा पक्राउ परेका सिरोहियालाई मुटुमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याइएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत शुक्रबार जनकपुरको काव्य अस्पतालमा भर्ना गरिएको थियो । काव्य अस्पतालले रिफर गरेपछि थप उपचारका लागि सिरोहियालाई मंगलबार काठमाडौं ल्याइएको हो।

हाल उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ भने उनलाई मुटु र उच्चरक्तचाप लगायतको समस्या रहेको चिकित्सकहरूले बताएका छन्।

सिरोहियालाई गत जेठ ८ गते नागरिकता कसुरमा धनुषा प्रहरीले प्रकाउ गरेको थियो।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी