काठमाडौं। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । नागरिकता प्रकरणमा पक्राउ परेका सिरोहियालाई मुटुमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याइएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत शुक्रबार जनकपुरको काव्य अस्पतालमा भर्ना गरिएको थियो । काव्य अस्पतालले रिफर गरेपछि थप उपचारका लागि सिरोहियालाई मंगलबार काठमाडौं ल्याइएको हो।
हाल उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ भने उनलाई मुटु र उच्चरक्तचाप लगायतको समस्या रहेको चिकित्सकहरूले बताएका छन्।
सिरोहियालाई गत जेठ ८ गते नागरिकता कसुरमा धनुषा प्रहरीले प्रकाउ गरेको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्