×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अवस्था यस्तै रहे अटोमोबाइल्स व्यवसाय लोप हुन्छ’- चौधरी

PRIME CA
GLOBAL IME BANK

‘अवस्था यस्तै रहे अटोमोबाइल्स व्यवसाय लोप हुन्छ’- चौधरी

२८ बैशाख २०८१, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष करण चौधरीले अवस्था परिवर्तन नभए अटोमोबाइल्स व्यवसाय लोप हुने बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)ले आयोजना गरेको राष्ट्रिय सम्मेलनमा बोल्दै अध्यक्ष चौधरीले यस्तो बताएका हुन् ।

उनले सरकारको कसिलो नीतिले अटो व्यवसाय धरासयी हुँदै गएको उल्लेख गरेका छन् । साथै चौधरीले अहिलेको अवस्था परिवर्तन नहुने हो भने अटो बिजनेस कुनै दिन एकादेशको कथा हुने दाबी गरेका छन् ।

त्यस्तै, नेपालको भेइकल क्षेत्र ७२ प्रतिशत डिग्रोथमा रहेको उल्लेख उल्लेख गर्दै चौधरीले सरकारको अस्थिर नीतिले समस्या निम्तिएको जिकिर गरेका छन् ।

उनले आगामी आर्थिक वर्षको बजेटमा सरकारले अटो क्षेत्रका समस्या समाधान गर्नेगरी बजेट ल्याउन नसके र अवैध तस्करी नियन्त्रण गर्न नसके अटो व्यवसाय धरासयी बन्ने निश्चित रहेको दाबी गरेका छन् ।

त्यस्तै, अन्य व्यवसाय ठप्प भएको कोभिडको समयमा अटो व्यवसाय सबैभन्दा राम्रो भए पनि पछिल्लो समय सबैभन्दा धरासयी बन्न लागेको क्षेत्र अटो भएकाले राज्यको प्राथमिकता दिन आवश्यक रहेको बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: