×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक र निको बाल अस्पतालबीच क्युआर मार्फत भुक्तानी गर्दा छुट प्रदान गर्ने सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कुमारी बैंक र निको बाल अस्पतालबीच क्युआर मार्फत भुक्तानी गर्दा छुट प्रदान गर्ने सम्झौता

Artha Sarokar

२ जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कुमारी बैंक र चितवनस्थित निको बाल अस्पतालबीच क्युआर मार्फत भुक्तानी गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंक र अस्पतालबीच डेबिट र क्रेडिट कार्ड तथा क्युआर मार्फत भुक्तानी गर्दा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

यस सम्झौता अनुसार बैंकका ग्राहकले निको बाल अस्पतालबाट सेवा लिए बापत कुमारी बैंकको डेबिट र क्रेडिट कार्ड तथा क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकले सो सुविधाबाट गुणस्तरीय सेवा प्राप्त गर्न सक्नेछन् ।

बैंकले देशभरका ३ सय २ शाखा, ३ सय १४ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ इकाइमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी