काठमाडौँ । गरिमा विकास बैंकले टोयटा गाडी किन्न आधार दरमै कर्जा दिने भएको छ । गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि (नेपालको लागि टोयोटा गाडीको आधिकारिक वितरक) बीच भएको सम्झौता अनुसार टोयोटा गाडी खरिद गर्ने ग्राहकहरूलाई बैंकले आधार दरमा नै सवारी कर्जा दिने भएको हो ।
बैंकका ग्राहकहरूले व्यक्तिगत तथा व्यवसायिक दुवै प्रयोजनको लागि टोयोटा ब्रान्डको सवारी साधन खरिद गर्दा यो कर्जा सुविधा प्राप्त गर्नेछन् । सो सम्झौता पश्चात युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले बैंकलाई बैङ्किङ पार्टनरको रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेको छ ।
ग्राहकहरूले नयाँ टोयोटा गाडी खरिद गर्दा गरिमा विकास बैंकबाट आधार दरमा नै अधिकतम १२ वर्षसम्मको अवधिका लागि सवारी कर्जा लिन सक्नेछन् ।
उक्त सम्झौतापत्रमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र युनाइटेड ट्रेडर्स सिन्डिकेटको तर्फबाट वरिष्ठ निर्देशक कैलाश बिराज भण्डारीले हस्ताक्षर गरेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्