काठमाडौं । सरकारले बिहीबार सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा डिजिटल नेपाल फ्रेमवर्क २०७६ लाई कार्यान्वयनमा ल्याएको छ। सञ्चारमन्त्री रेखा शर्माले तीब्र विकास र उच्च आर्थिक वृद्धिका लागि धेरै भन्दा धेरै सूचना प्रविधिको उपयोग गरी आर्थिक तथा सामाजिक क्षेत्रमा रूपान्तरण गर्ने उद्देश्यसहित डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा ल्याएको बताएकी छिन् ।
सो फ्रेमवर्कमा आवश्यक परिमार्जन समेत गरेर डिजिटल रूपान्तरणमा वर्तमान सरकारले जोड दिएको उनको भनाइ छ । उनले सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट मात्रै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिने पनि बताएकी छन् । यस्तै मन्त्रि शर्माले यसबारे सरकार र सरकारका निकायहरूसँगै निजी क्षेत्रले समेत प्रष्ट धारणा बनाएर अघि बढ्नुपर्ने बताइन् ।
‘सञ्चार तथा सूचना प्रविधि प्रयोगको विस्तार तीव्र गतिमा भइरहेको छ, राज्यले नागरिकलाई उपलब्ध गराउने सेवाहरू सूचना प्रविधिमैत्री हुँदै गइरहेका छन्, आजको दिनमा विभिन्न सार्वजनिक सेवामा विद्युतीय प्रणालीको उपयोग बढेको छ, उनले कार्यक्रममा बोल्दै भनिन्, ‘दैनिक जीवनमा प्रयोग हुने आधारभूत सेवादेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका कार्यहरूमा विद्युतीय प्रणालीको उपयोग बढेको छ, डिजिटल भुक्तानी प्रणालीको विकास र उपयोगलाई अझै तीब्र र प्रभावकारी बनाउन सरकारले आधारभूत डिजिटल पूर्वाधारको रुपमा देशभर दूरसञ्चार सेवाको पहुँच विस्तारलाई जोड दिएको छ ।’
उनले सरकारले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र पूर्वाधार विकासका लागि कार्य गर्न सरकार दृढतापूर्वक अघि बढेको बताइन् । ‘साइबर स्पेसलाई सुरक्षित र व्यवस्थित गर्ने उद्देश्यले पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरिएको छ भने राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना भएको छ । सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक तर्जुमाको काम भइरहेको छ भने दूरसञ्चार ऐनको पुनरावलोकन गर्ने काम भइरहेको छ,’ उनले भनिन्, ‘सूचना तथा सञ्चार प्रविधि नीति, २०७२, दूरसञ्चार नीति, २०६० र ब्रोडब्यान्ड नीति, २०७१ लाई पुनरावलोकन गरी एकीकृत नीति तर्जुमा गर्ने कार्य भइरहेको छ ।’

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्