×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंक लुट प्रकरण अपडेट : लुटिएको रकम बरामद 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नबिल बैंक लुट प्रकरण अपडेट : लुटिएको रकम बरामद 

Artha Sarokar

१९ बैशाख २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नबिल बैंकबाट लुटिएको १ करोड बढी रकम बरामद भएको छ । वीरगन्जको नबिल बैंकको बाइपास शाखाबाट गत आइतबार राती लुटपाट भएको १ करोड ३४ लाख ६५ लाख रुपियाँ प्रहरीले बरामद गरेको हो ।
प्रहरीले रकम भेटिएको पुष्टी गरेको छ । ‘लुटेरा समूहका १ जना बाहेक सबै पक्राउ परिसकेका छन् । १ जनाको खोजी कार्य जारी छ ।’ प्रहरी स्रोतले अर्थ सरोकारसँग भन्यो, ‘लुटिएको रकम पनि बरामद भएको छ ।’
गत आइतबार राति नबिल बैंकको शाखाबाट चोरी भएको १ करोड ३४ लाख रकममध्ये केही रकम देश बाहिर र केहि रकम नेपालमै फेला परेको प्रहरीको भनाई छ ।  ‘६ वटा बोरामा राखेको अवस्थामा रकम भेटिएको छ ।’ प्रहरी स्रोतले अर्थ सरोकारसँग भन्यो, ‘फेला परेको उक्त रकम अहिले गन्ने काम भइरहेको छ।’
बैंकका शाखा प्रबन्धक विजय पौडेललेसमेत संचारकर्मीहरुसँग कुराकानी गर्दै सुरक्षा गार्ड नराखेर बैंकको कमजोरी भएको स्वीकार गरेका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी