काठमाडौँ । नबिल बैंकबाट लुटिएको १ करोड बढी रकम बरामद भएको छ । वीरगन्जको नबिल बैंकको बाइपास शाखाबाट गत आइतबार राती लुटपाट भएको १ करोड ३४ लाख ६५ लाख रुपियाँ प्रहरीले बरामद गरेको हो ।
प्रहरीले रकम भेटिएको पुष्टी गरेको छ । ‘लुटेरा समूहका १ जना बाहेक सबै पक्राउ परिसकेका छन् । १ जनाको खोजी कार्य जारी छ ।’ प्रहरी स्रोतले अर्थ सरोकारसँग भन्यो, ‘लुटिएको रकम पनि बरामद भएको छ ।’
गत आइतबार राति नबिल बैंकको शाखाबाट चोरी भएको १ करोड ३४ लाख रकममध्ये केही रकम देश बाहिर र केहि रकम नेपालमै फेला परेको प्रहरीको भनाई छ । ‘६ वटा बोरामा राखेको अवस्थामा रकम भेटिएको छ ।’ प्रहरी स्रोतले अर्थ सरोकारसँग भन्यो, ‘फेला परेको उक्त रकम अहिले गन्ने काम भइरहेको छ।’
बैंकका शाखा प्रबन्धक विजय पौडेललेसमेत संचारकर्मीहरुसँग कुराकानी गर्दै सुरक्षा गार्ड नराखेर बैंकको कमजोरी भएको स्वीकार गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्