काठमाडौं । सहकारी ठगी प्रकरणमा छानविन समिति बनाएर कारवाही गर्न नेपाली एकीकृत समाजवादी पार्टीले माग गरेको छ । बालकुमारीमा बसेको पार्टीको बैठकले छानबिन समिति बनाएर दोषीमाथि कारबाही गर्न माग गरेको हो ।
एकीकृत समाजवादीको ८औं बैठकले सहकारी संस्थाले अधिकारको दुरुपयोग गरी सर्वसाधारणको बचत अपचलन गरेको निष्कर्ष निकालेको छ । ‘कतिपय सहकारी संस्थाले अधिकारको दुरुपयोग गरी सर्वसाधारण जनताको बचत अपचलन गरेर ठुलो धनराशि दुरुपयोग गरी आर्थिक तथा वित्तीय अपराध गरेको दुःखद घटनाहरू सार्वजनिक भइरहेका छन् । यस सम्बन्धमा गृहमन्त्रीको समेत संलग्नताको समाचार प्रकाशित भएको छ । यो बैठक समग्र समस्या समाधानको लागि छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गरियोस् भन्ने माग गर्दछ,’ प्रस्तावमा भनिएको छ ।
उक्त बैठकले १८ बुँदे प्रस्तावहरू पारित गरेको छ । प्रस्तावमा सहकारी ठगी प्रकरणदेखि रुस युक्रेन युद्धमा सहभागी भएका नेपालीहरूको विषयहरू उठान गरिएको थियो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्