Skip to content
LAXMI SUNRISE BANK

सरकारले जलविद्युत आयोजनाबाट २८ करोड बढी ‘रोयल्टी’ असुल गर्न बाँकी

अर्थ सरोकार

काठमाडौं। नेपाल सरकारले विभिन्न जलविद्युत आयोजनाबाट २८ करोड ६९ लाख ९५ हजार रुपैयाँ असुल गर्न बाँकी रहेको छ ।

महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा विद्युत विकास विभागको अभिलेखअनुसार २०७९/८० सम्म २८ करोड ६९ लाख ९५ हजार असुल गर्न बाँकी रहेको उल्लेख छ ।

विद्युत् ऐन, २०४९ को दफा ११ मा जलविद्युत आयोजनाले नेपाल सरकारलाई सलामी दस्तुर (रोयल्टी) बुझाउने पर्ने व्यवस्था छ । आयोजनाले तिर्नुपर्ने रोयल्टी समयमा प्राप्त नभएकोमा ब्याज तथा जरिवाना लिने गरेको देखिँदैन ।

रोयल्टी बक्यौताको ब्याज तथा हर्जाना सम्बन्धमा कानुनी व्यवस्था गरी रोयल्टी रकम असुल गर्नुपर्ने महालेखापरीक्षकको सुझाव छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK