×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफ इन्स्योरेन्सले उपलब्ध गरायो आगलागी पीडितहरूलाई राहत सामग्री

PRIME CA
GLOBAL IME BANK

नेपाल लाइफ इन्स्योरेन्सले उपलब्ध गरायो आगलागी पीडितहरूलाई राहत सामग्री

२६ बैशाख २०८१, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले आगलागी पीडितहरूलाई राहत सामग्री उपलब्ध गराएको छ । कम्पनीले महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा आगलागीका कारण घरविहीन भएका पीडित परिवारहरूलाई राहत सामग्री सहयोग स्वरूप उपलब्ध गराएको हो ।

कम्पनीले मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, वडा अध्यक्ष कलिम राईन, यस कम्पनीका कर्मचारीहरू तथा स्थानीय नागरिक अगुवाहरूको समुपस्थितिमा पीडितहरूलाई प्रत्येक घर एक थान साडी वितरण गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरेर सो सामग्री हस्तान्तरण गरेको हो ।

मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले कार्यक्रममा बोल्दै कम्पनीले गरेको सहयोगका निम्ति धन्यवाद ज्ञापन गरेका छन् । यस प्रकारको सहयोगले भीषण आगलागीबाट प्रभावित घर परिवारलाई सहज हुने विश्वास समेत व्यक्त गरे । वडा अध्यक्ष कलिम राईनले आगलागीबाट लत्ता कपडा नष्ट भएका कारण प्रभावित परिवारले अत्यन्तै कष्टकर जीवन बाँच्नुपरेको अवस्थामा कम्पनीले प्रदान गरेको सहयोगले जीवनयापन सहज हुने कुरा बताएका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस कम्पनीले विभिन्न सामाजिक आर्थिक रूपान्तरणका क्रियाकलापहरू गर्दै आएको जानकारी दिएका छन् । प्रभावित परिवारलाई हरसम्भव सहयोग गर्न कम्पनी सदैव तत्पर रहेको र आगामी दिनमा पनि कुनै किसिमको सहयोग चाहिएको खण्डमा कम्पनी अग्रपंक्तिमा रहेर सहयोग गर्न तयार रहेको कुरा समेत उनी बताउँछन् ।

कम्पनीले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, बीमा सचेतना, पूर्वाधार निर्माण तथा गरिब निमुखा, सीमान्तकृत वर्गको जीवन उत्थानका निम्ति संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । यस भीषण आगलागीबाट प्रभावित भएका १ सय  ५० घरपरिवारलाई कम्पनीले राहत सामग्री उपलब्ध गराएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: