काठमाडौँ । एनआईसी एशिया बैंक तथा क्यापिटलको सम्पूर्ण शाखा कार्यालयहरूबाट निःशुल्क डिम्याट खाता खोल्न सकिने भएको छ । अब यस बैंक तथा क्यापिटलको सम्पूर्ण शाखा कार्यालयहरूबाट जेठ १ गतेदेखि असार मसान्तसम्म निःशुल्क डिम्याट खाता खोल्न सकिने भएको हो ।
बैंकले ‘एक नेपाली, एक डिम्याट खाता अभियान’मार्फत नि:शुल्क डिम्याट खाता खोली पहिलो वर्षको खाता सञ्चालन शुल्कमा छुट दिने व्यवस्था गरेको हो ।
एनआईसी एशिया बैंकले नेपालीहरूमा डिम्याट खाताको पहुँच विस्तार गर्ने मुख्य उद्देश्यका साथ एनआईसी एशिया क्यापिटलको शाखा कार्यालयहरू, एनआईसी एशिया अनलाइन डिम्याट सेवा र एनआईसी एशिया बैंकको सम्पूर्ण शाखा कार्यालयहरूबाट नि:शुल्क रुपमा डिम्याट खाता खोलिदिने भएको छ ।
त्यस्तै, बैंकले पछिल्लो समयमा प्रविधिको प्रयोग गरी आम सर्वसाधारणहरूलाई क्यापिटलको सेवा ‘लाईनमा होईन अनलाइन’ मा भन्ने नारा सहित क्यापिटलको अधिकांश सेवाहरु अनलाईन मार्फत लिन मिल्ने व्यवस्था मिलाएको हुँदा क्यापिटलको वेबसाइटमार्फत सहजै नि:शुल्क रुपमा डिम्याट खाता खोल्न पनि आग्रह गरेको छ ।
बैंकले यो सुविधा जेठ १ गतेदेखि असार मसान्त सम्मका लागि हुने जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्